१४ कार्तिक २०८३, शनिबार

प्रधानमन्त्रीको स्वास्थ्यबारे वास्तिवकता किन लुकाइदै छ आम-जनतालाई ? निजी सचिवालय र अस्पतालको जोड सूचना लुकाउनमै !

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । सामान्य स्वास्थ्य परिक्षणका लागि भन्दै गत बुधबार अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओली दुई दिन अस्पतालमै उपचारमा रहनुभयो । प्रधानमन्त्री ओली अस्पतालमा रहादा दुई पटक हेमो लायलासिस गरिएको बताइएको छ । ओली अहिले बालुवाटार निवासमा आराम गरिरहनु भएको छ ।

प्रधानमन्त्री पद देशको एक कार्यकारी पद भएका हैसियतले पनि आम नागरिकले चासो राख्नु पक्कै पनि नौलो कुरा होइन । तर, पछिल्लो समय प्रधानमन्त्री ओली अस्पताल भर्ना भएपछि भने आम नागरिकमा झनै चासो बढेको देखिन्छ । आम नगरिकले प्रधानमन्त्री ओलीलाई भएको के हो र उहााको अवस्था अहिले कस्तो रहेको छ भन्ने कौतुहलता रहिरहँदा प्रधानमन्त्रीको निजी सचिवालय र अस्पतालले भने वास्तविकता बताउन आनाकानी गरेको छ ।

गत बुधवार विहानै प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौंको टोखास्थित ग्रान्डी अस्पतालमा उपचारका लागि पुग्नु भएको थियो । गम्भीर स्वास्थ्य समस्यासाग जरधिरहनुभएका प्रधानमन्त्री ओली अस्पताल पुग्दा आममानिसले चासो राख्नु स्वभाविकै थियो । प्रधानमन्त्रीलाई के भएको छ भनेर सोधी–खोजी बढ्यो तर सम्बन्धित निकाय भने तर्केर बस्यो । अस्पताल प्रशासनले त प्रधानमन्त्री अस्पताल भर्ना भएको सुचनासमेत लुकाउन खोजेको देखिएको छ ।

प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंहले पनि यसबारेमा सूचना लुकाउन खोजेको देखिन्छ । प्रधानमन्त्रीको निजी सचिवालयले नियमित चेकजााचका लागि गएको भन्दै बास्तविक अवस्था बताउन आलटाल गर्यो । बरधबार रक्षामन्त्री ईश्वर पोखरेल प्रधानमन्त्रीलाई भेटन अस्पताल आउनुभयो । झन्डै १ घण्टा पश्चात अस्पतालबाट बाहिरिादै गर्दा मन्त्री पोखरेलले पनि त्यसैगरि तर्किन खोज्नुभयो । उहाँले प्रधानमन्त्री सामान्य परीक्षणको लागि मात्र आएको र बुधवार नै फर्किने बताउनुभयो ।

मिर्गौलाको डायलासिस गरिसक्दा पनि बुधवार सााझ अस्पतालले प्रधानमन्त्री ओली सामान्य परीक्षणको लागि मात्र आएको भन्दै विज्ञप्ति निकाल्यो । बिहावार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझन आउनुभएका नेकपाका नेता भिम रावलले प्रधानमन्त्रीको डायलासिस भइरहेकाले आफुले भेट्न नपाएको जानकारी दिएपश्चात मात्र प्रधानमन्त्रीको डायलासिस गराइएको सूचना प्रमाणित भएको थियो ।

प्रधानमन्त्रीलाई भेट्न आएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठले समेत प्रधानमन्त्रीको दुई पटक डायलासिस गराइएको र बिहिवार नै डिस्चार्ज हुने बताउनुभएको थियो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था वारे जानकारी दिन बिहिवार साँझ ग्रान्डी अस्पतालले पत्रकार सम्मेलन गर्‍यो । तर पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चक्रराज पाण्डेको मात्र सहभागिता थियो । पत्रकारले प्रधानमन्त्रीको निजी चिकित्सक दिव्या सिंहलाई पनि बोलाइदिन आग्रह गरेका थिए तर डा.पाण्डेले आफु अस्पतालको निर्देशक र प्रवक्ता भएकोले आफुले मात्र बोल्ने बताउनुभयो । डा पाण्डेले पनि खुलेर बताउन चाहनुुभएन ।

डा. पाण्डेले प्रधानमन्त्रीको मिर्गौलाको दुई पटक हेमोडायलासि गराइएको बताए पनि अब बाँकी उपचार प्रक्रिया कसरी अघि बढ्छ भन्नेबारे संचारकर्मीलाई केही बताउनुभएन । रगतमा क्रियाटिनको मात्रा कति थियो अहिले कति छ ? अब पून: कहिले डायलासिस गराउनु पर्छ ? डायलासिस गराउनु पर्ने अवस्था किन आयो ? लगाएतका प्रश्नको जवाफबिना नै पत्रकार सम्मेलन सकिएको थियो ।

विरामीको व्यक्तिगत गोपनियतालाई ध्यानमा राखेर सूचना नदिएको डा. पाण्डेको जिकिर थियो । उपचार प्रक्रियामा विरामीको गोपनियताको हकलाई बेवास्ता गर्न त मिल्दैन तर राष्ट्रको कार्यकारी प्रमुख विमारी हुँदा उहाँलाई के भएको हो र कस्तो उपचार चल्दै छ भन्ने जानकारी पाउनु आम–जनताको हक हो तर यसपटक प्रधानमन्त्रीको निजी सचिवाले सूचना लुकाउँदा भने चर्को आलोचना भएको छ ।