धनगढी, १६ कात्तिक । डोटीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको महाकाली यातायातको ना ७ ख ६१ ८१ नम्बरको बस शिखर नगरपालिका २ गेरुपानीमा शनिबार बिहान दुर्घटनामा परेको हो ।
दुर्घटना परि बाजुरा बाह्रबिसेकी माया शेरालाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्ण बोहराले जनाकारी दिए । दुर्घटनामा अन्य ३५ जना घाइते भएका छन् ।












प्रतिक्रिया