२ कार्तिक २०८३, सोमबार

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु, एक गम्भिर घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी, १५ फागुन । छुटाछुट्टै दुर्घटनामा परी विभिन्न ठाउँका तीन जनाको मृत्यु भएको छ । सप्तरीमा भएक छुटाछुट्टै दुर्घटनामा परी दुई जना र झापाका एक युवकको मृत्यु भएको हो । सप्तरीमा एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १७७७ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स२प ३१२१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको हनुमाननगर–४ निवासी २३ वर्षीय रामचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय रोशन चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । घाइते चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै गाईघाट–कदमहा सडकखण्डअन्तर्गत सप्तरीको दौलतपुर- ५ मा बा३२प ६४९१ नम्बरको मोटरसाइकलले ठककर दिँदा स्थानीयवासी ६० वर्षीया गङ्गादेवी रामको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी रामलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

यस्तै, इलाका प्रहरी कार्यालय सुरुङ्गामा कार्यरत प्रहरी सहायक निरीक्षक तिलकराम चौधरीको सवारी दुर्घटनामा गए राति मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय गौरादह झापामा दरबन्दी भएर सुरुङ्गामा कार्यरत उनको बिहीबार राति इटहरी उपमहानगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा ना२ख ५८२८ नंको ट्रकले उनी सवार को५प ६६१५ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय बिर्तामोडका नायब प्रहरी उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिनुभयो । दुर्घटनामा संलग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय पकली सुनसरीले नियन्त्रणमा लिएको बताइएको छ ।