६ कार्तिक २०८३, शुक्रबार

आलमविरुद्ध हत्या, बम विस्फोटलगायतका कसुरसहितको प्रतिवेदन सरकारी वकिललाई बुभाइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, १५ कात्तिक । रौतहटको राजापुर बम काण्डसहित जिउँदै मजदुरलाई इटाभट्टामा पोलेको अभियोग लागेका नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री महोम्मद अफताब आलमविरुद्धको अनुसन्धान जिल्ला प्रहरी कार्यालयले सकेको छ ।

अनुसन्धानमा फेला परेका प्रमाण, बयानका विवरणसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाउँदै प्रहरीले हत्या, बम विस्फोटलगायतका अभियोगको सजाय मागदाबीको राय दिएको छ ।

प्रहरी स्रोतका अनुसन्धानका क्रममा हत्या प्रकरण लुकाउने प्रयास, त्यसमा सहयोग गर्ने व्यक्तिहरू, तत्कालिन प्रहरी अधिकारी र सहयोगीलाई पनि कारबाहीको माग गरिएको छ । प्रहरीले आलमका सहयोगी तथा घटनाका पीडितलाई जीवित प्रमाणका रुपमा पनि पेस गरेको छ ।

उक्त प्रकरणमा त्यसबेला राजापुरका प्रहरी अधिकारीको बयान, तत्कालिन डिआईजीलगायतको बयान समेत लिएको थियो । त्यसबेलाका प्रमुख जिल्ला अधिकारीलगायतका सरकारी अधिकारीको बयानलाई पनि आधार बनाउन सकिने राय दिएको स्रोतले जनायो ।

आलमले भने उक्त घटना काल्पनिक भएको र आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा फसाइएको प्रतिक्रिया दिएका थिए । त्यसअघि उनलाई पक्राउका लागि गएको प्रहरीलाई धम्क्याएका थिए ।