मुम्बइ । अक्षय कुमार अभिनित फिल्म ‘हाउसफुल ४’ ले ५ दिनमा एक सय करोड भारू कमाइ गरेको छ ।
रिलिज भएको पहिलो दिन याे फिल्मले १८.५० करोड भारूको कमाएको हाे ।
फिल्मले दोश्रो दिन १८ करोड, तेश्रो दिन १४.२५ करोड र चौथो दिन ३४.२५ करोड भारू कमाइ गरेको फिल्मले पाँचौ दिन मंगलबार २४ करोडको कमाइ गर्दै सय करोड भारूको आँकडा पार गरेको छ ।
फिल्मले पाँच दिनको अवधिमा कुल १०९ करोड भारू कमाइ गरेको छ । फिल्म २५ अक्टुबरमा रिलिज भएको थियो ।
फिल्ममा अक्षयका अलावा कृति सेनन, रितेश देशमुख, कृति खरबन्दा, बबी देवलको प्रमुख भूमिका रहेको छ ।















प्रतिक्रिया