१४ कार्तिक २०८३, शनिबार

गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १५ कात्तिक । बुधबार राति गुल्मीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका–९, अर्लाङकोटमा लु१च ३५१४ नम्बरको जिप दुर्घटना भएको हो । आफ्नै श्रीमती, छोरी र सासु सवार गाडी सडकबाट तल खसेर दुर्घटना भएको अवस्थामा चालक ज्ञानबहादुर विक भने फरार भएका थिए ।

दुर्घटनाग्रस्त सवारी साधन सडकबाट करीब दुई सय मिटर तल खसेको छ ।

प्रहरीका अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ज्ञानबहादुरकै सासु मसुरी विक र अर्लाङकोटका अन्दाजी ७५ वर्षीय रामप्रसाद खरेल छन् ।

चालक ज्ञानबहादुरका श्रीमती, छोरीसहित तीन जना घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काका अनुसार चालक ज्ञानबहादुरलाई बिहीबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।