
कपिलबस्तु, १४ कात्तिक । मूर्ति विसर्जनको विषयमा भएको दुई समूहको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागि कपिलबस्तुको कृष्णनगरमा एक २० बर्षिय युवकको मृत्यु भएको छ ।
स्थिति नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाएको गोली लागी सुरजकुमार पाण्डेको मृत्यु भएको दाबी गरिएको छ । तर प्रहरीले भने यसबारेमा कुनै पुष्टि गरेको छैन ।
दुई पक्षको विवाद उत्कर्षमा पुगेपछि प्रहरी कयन पटक अश्रुग्यास प्रहार गरेको छ । स्थिति नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय कपिलबस्तुले अनिश्चितकालिन कफ्र्यु समेत लगाएको छ ।
बुधबार साँझदेखि कृष्णनगर तनावग्रस्त छ ।















प्रतिक्रिया