१४ कार्तिक २०८३, शनिबार

पौने ३ करोड रुपैँयासहित पक्राउ परेका जुवाडेलाई आज अदालतमा उपस्थित गराइने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । जुवा खेलिरहेको अवस्थामा काठमाण्डौको महाराजगञ्जबाट पक्राउ परेका २५ जना जुवाडेलाई आज जिल्ला प्रशासन कार्यालय र जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

गएको आइतबार जुवा खेलिरहेका बेला झण्डै पौने ३ करोड रुपैयाासहित पक्राउ परेका २५ जनालाई म्याद थपको लागि जिल्ला प्रशासन कार्यालय र बन्दी प्रत्यक्षीकरणको लागि अदालतमा उपस्थित गराउने तयारी भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चलाएको जुवा अपरेशनमा ६ जना हाइप्रोफाइलका व्यक्तिहरु पनि रहेका छन् ।