१ कार्तिक २०८३, आइतबार

छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदन्ड,राजनीतिक दलका नेतासमेत

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ कार्तिक । बंगलादेशको एक अदालतले एक छात्रालाई जिउँदै जलाएको अभियोगमा १६ जनालाई मृत्युदन्डको सजाय सुनाएको छ । १९ वर्षीया नुसरत जहाँ रफी नामकी ती छात्राले शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

गत अप्रिलमा राजधानी ढाकादेखि १६० किलोमिटरको दूरीमा रहेको फेनी नगरमा उनको हत्या भएको थियो । नुसरतले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी प्रधानाध्यापक र उनका दुईजना छात्रा साथी पनि हत्यामा संलग्न भएको अदालतले ठहर गरेको छ ।

मृत्युदन्डको सजाय सुनाइएकाहरुमा स्थानीय राजनीतिक दलका नेतासमेत छन् । नुसरतले आफ्ना प्रधानाध्यापक सिरज उद दउलाले आफूलाई बारम्बार अनुचित तरिकाले छोएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

त्यसको ११ दिनपछि उनलाई विद्यालयको छानामा बोलाएर बुर्का लगाएका चाररपाँचजनाले घेरेर उजुरी फिर्ता लिन दबाब दिएका थिए । त्यसो गर्न अस्वीकार गरेपछि उनलाई जीवितै आगो लगाइएको थियो ।

शरीरको ८० प्रतिशत जलेको नुसरतको घटनाको चार दिनपछि मृत्यु भएको थियो ।