१ कार्तिक २०८३, आइतबार

कातरसुर गाँउमा पाँच जनाको गोली हानी हत्या

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं,१३ कार्तिक । काश्मीरको कुलगाम जिल्लाको कातरसूर गाउँमा पाँच जनाको गोली हानी हत्या भएको छ । घटनामा एक जना घाइते भएको बताइएको छ । गएराति करीब ९ बजे पाँच मजदूरुको गोली हानी हत्या गरिएको बीबीसीले उल्लेख गरेको छ ।

मारिनेहरु सबै पश्चिम बंगालको मुर्शिवादका मजदुर रहेको अधिकारीहरुले जनाएका छ्न । हमलामा आतंकवादी समूहको संलग्नता रहेको हुनसक्ने भारतीय सञ्चारमाध्यमहरुले आशंका व्यक्त गरेका छन् ।

आतकंवादीहरुको समूहले पुलवाको एक विद्यालय परिसरमा गस्ती गरिरहेका सुरक्षाकर्मीमाथि पनि गोली चलाएको जनाइएको छ । जम्मु काश्मिरको अवस्था बुझ्न यूरोपेली सांसदहरुको टोलीले काश्मिरको भ्रमण गरिरहेका बेला उक्त हमला भएको बताइएको छ ।(एजेन्सी)