नयाँदिल्ली, १३ कात्तिक । भारत प्रशासित कस्मिरमा चरमपन्थीले स्थानीय पाँच मजदुरको हत्या गरेका छन् ।
कस्मिर प्रहरीले दिएको जानकारीअनुसार कुलगाम जिल्लाको कातरसु गाउँमा मंगलबार राति चरमपन्थीले स्थानीय पाँच जनाको हत्या गरेको हुन्।
जम्मु–कस्मिर प्रहरीले आफ्नो ट्विटमार्फत यो जानकारी दिएको हो।
मारिएका सबै स्थानीय मजदुर रहेको र उनीहरुलाई चरमपन्थीले घरमै पसेर मारेको प्रहरीले जनाएको छ।
जम्मु–कस्मिरकाे अवस्था बुझ्न युरोपियन सांसदको समूह स्थलगत निरीक्षणमा रहेका बेला यो घटना भएको हो।
अहिले प्रहरी घटनास्थल पुगेर सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिइएको छ।















प्रतिक्रिया