१ कार्तिक २०८३, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, १२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हिन्दुहरुको दोस्रो प्रमुख पर्व दीपावली मनाएका छन् ।

उनले आइतबार हिन्दु धर्मावलम्बीका साथ दीपावली मनाएका हुन् । दीपावली मनाउने क्रममा उनले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए ।

ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रता रहेको पनि बताए । उनले दीपावलीले अन्धकारमाथि प्रकाशको जितको सन्देश दिने बताए ।

अमेरिकाको संविधानअनुसार सबै धर्म र धार्मिक अधिकारको रक्षाका हेतु आफ्नो प्रशासनले काम गर्ने उनको भनाइ थियो ।