काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाली कांग्रेस ओखलढुंगा र नेपाली कांग्रेस मोलुङको तर्फबाट नारायण नेपालीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नम्बर ४ निवासी लीलाबहादुर नेपालीका छोरा नारायण नेपालीको उपचारका लागि सोमबार आर्थिक सहयोग प्रदान गरिएको हो ।
काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो अस्पतालमा नारायण नेपालीको उपचार भइरहेको छ ।
नेपाली कांग्रेसका युवा नेता खतिवडा, नेपाली कांग्रेस ओखलढुंगा र नेपाली कांग्रेस मोलुङका तर्फबाट १ लाख १८ हजार २ सय ५ रुपियाँ प्रदान गरिएको हो ।
संकलित आर्थिक सहयोग खतिवडा र कुलप्रसाद कोइरालाले संयुक्त रुपमा हस्तान्तरण भएको थियो ।












प्रतिक्रिया