११ मंसिर २०८३, शुक्रबार

नारायणी नदीमा हाम फालेका एकजनाकाे शव फेला, एकजना अझै बेपत्ता

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १० कात्तिक । नारायणी नदीमा हाम फालेका दुईजनामध्ये एक जनाको शव भेटिएको छ भने एक जना अझै बेपत्ता छन् ।

आइतबार अपरान्ह ४ बजे नारायणीको पुलबाट नदीमा हामफालेका ३० ३१ वर्षका युवकको शव भेटिएको इलाका प्रहरी नारायगाढले जनाएको छ ।

उनीसँगै हामफालेका भनिएका अर्का व्यक्ति बालक रहेको प्रत्यक्षदर्शीले बताएका छन् । स्थानीयले खबर गरेपछि प्रहरीले डुंगाको सहायताले खोज्दा एकजनाको शव भेटिएको प्रहरीले बताएको छ ।

बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुने र बेपत्ता हुनेको पहिचान खुलेको छैन र उनीहरुको सम्बन्ध पनि खुलेको छैन ।