१४ कार्तिक २०८३, शनिबार

निर्माणधीन सिँचाई आयोजना बजेट अभावका कारण प्रभावित

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-प्रतिक पौडेल
भैरहवा, १० कात्तिक । रुपन्देहीको रोहिणी नदीमा निर्माणधीन जलाशाययुक्त वहुउदेश्यीय सिँचाई आयोजना बजेट अभावका कारण प्रभावित भएको छ । उक्त आयोजना २०७४ कर्तिक १२ गते शुरु भएपनि अहिले आएर बजेट अभावका कारण प्रभावित भएको छ ।

झण्डै २ किलोमिटरसम्म फैलिएको ड्याम सहितको सिँचाई आयोजनाले देवदह नगरपालिकाको १५ सय हेक्टर जमिन र तिलोत्तमा नगरपालिकाको २२ सय हेक्टर जमिनमा सिंचाई गर्नेछ ।

सिंचाई सहित उक्त आयोजनामा ३६ सय मिटर उत्तर तर्फ जलासय क्षेत्र बनाएर प्रयटकीय दृष्टिकोणले पनि विकास गर्ने उद्देश्यय नगरपालिकाको रहेको जानकारी नगर प्रमुख हिरा खत्रीले दिए ।

नेपाल सरकार सिंचाई मन्त्रालय अन्तरगत झण्डै ३६ करोडमा आयोजना निमार्णको कार्य अघि बढिरहेको छ । जसले ४ मिटर अग्लो ड्याम, १८ सय मिटर लम्वाईका दुई वटा नहर, पानी जम्मा हुदा छेउछाउको बस्ती सुरक्षाका लागि तटबन्ध लगायतका काम अघि बढाईएको छ ।

अहिले सम्म आयोजनाले करिव ६० प्रतिशत भौतिक प्रगती गरेको जानकारी रोहिणी सिंचाई आयोजनाका सह इन्चार्ज प्रमोद पाण्डेले दिए । पर्यटकहरुलाई आर्क्िषत गर्नका लागि ढुङगा संचालन देखि अन्य पुर्वाधारहरु निमार्णका लागि पनि काम हुने छ ।

२०७७ असाढ मसान्त सम्म निमार्ण सम्पन्न हुने उम्त आयोजनामा वजेट प्रयाप्त नआएकाले असहज परिस्थिती सिर्जना भएको हो । तिलोत्तामा नगरपालिकाको वडा न १० र ११ तथा देवदह वडा न २ र ३ को भुभाग अन्तरगतको रोहिणि नदिमा आयोजना निमार्ण भैरहेको छ ।

लुम्बिनी अर्घाखाची वावुल जेभी र अर्घाखाची वावुल जेभीले दुई वटा चरण गरेर निमार्ण गरिएको आयोजनाको काम निधारित समयमै सम्पन्न गर्नका लागि बजेट अभाव हुन नदिन प्रदेश नं ५ भौतिक पुर्वाधार मन्त्री बैजनाथ चौधरीले पहल गरेको जानकारी प्रमूख खत्रीले दिए ।

आयोजनाको लागी सरकारले ८ लाख मात्र बजेट पढाएको छ । आयोजनाका अनुसार प्रयाप्त बजेट आए समयमै निर्माणकार्य सकिनेछ ।