१४ कार्तिक २०८३, शनिबार

चरेससहित एकजना पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बझाङ, १० कात्तिक । लागुऔषध चरेससहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बेलुका बझाङबाट धनगढीतर्फ गइरहेको पवनदूत यातायातको ना ६ ख १६७४ नम्बरको बसलाई प्रहरी चौकी स्याँडी बझाङको चेक पोष्टमा खटिएको प्रहरी टोलीले जाँच गर्दा दुई वटा कालो झोलामा कालो प्लाष्टिकमा बेरी राखेको १३ केजी ९०० ग्राम लागुऔषध फेला पारेको थियो ।

सो परिणामको लागूऔषध लिँदै गरेको अवस्थामा कञ्चनपुर जिल्ला शुक्लाफाटा नगरपालिका–८ बस्ने दिनेश जप्रेललाई प्रहरीले प्रक्राउ गरेको छ । जप्रेलमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी ईश्वरी दत पाण्डेले बताउनुभयो । –रासस