
घोराही, ९ कात्तिक । रुकुम भुमे गाउँपालिका घर भइ हाल घोराहीमा डेरा गरी बस्ने गुन्डा नाइके शिशिर पुन मगर ‘शिशिर काले’ नेकपामा प्रवेश गरेका छन् ।
केही समय अगाडि प्रहरीलाई ज्यान मार्ने धम्की दिएको र विप्लवका गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
यद्यपि, उनी हिरासतमा रहँदा पार्टीले आफ्नो पार्टिको भनेर विज्ञप्तीसमेत जारी गरेन । तर, पुन आफु विप्लवमा रहेको भन्ने गर्दै आएका थिए । उनी विप्लव सम्बद्ध नेकपा परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् ।
उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका कमिटी सदस्य खुशीराम चौधरी र १७ नं पार्टी वडा अध्यक्ष पदम केसीले स्वागत गरेका थिए ।












प्रतिक्रिया