
झापा, ९ कात्तिक । झापाको भद्रपुर नगरपालिका ५ बाट कात्तिक ८ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका ७ बस्ने २३ वर्षीय चन्दन साह र दमक नगरपालिका ८ बस्ने २५ वर्षीय विशाल गुरुङ छन् ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा फेनारगन ७ वटा, लुपिजेसिक ८ वटा र डाइजापाम ८ वटा फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
त्यस्तै, पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिका ५ गेर्मीबाट कात्तिक ९ गते एपीएफ टोली र स्थानीय प्रहरीले करीब ७ लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उल्लेखित मूल्य बराबरको ७९ वटा खसी बोका बरामद गरेको हो ।












प्रतिक्रिया