
-प्रतिक पौडेल
भैरहवा, ९ कात्तिक । रुपन्देहीमा भारतीय मालवाहक ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । शनिबार दिउँसो पौने १ बजे बेलहिया हुँदै बसन्तपुर निस्कने भैरहवा परासी हुलाकी सडकमा भारतीय मालवाहक ट्रकले ठक्कर दिँदा २० वर्षीय बलराम चाईको घटनास्थलमै मृत्यु भएको हो । मृतक ओमसतिया ४ निवासी नै रहेका छन् ।
ओमसतिया गाँउपालिका वार्ड नं. ४ बसन्तपुर पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको एनएल ०१ डि ४७०८ नम्बरको भारतिय लहरी ट्रकले सोही दिशा तर्फ जाँदै गरेको लु.४७ प.८९०५ न. को मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक चाईले ज्यान गुमाएको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक खड्क बहादुर खत्रीले जानकी दिए ।
मोटरसाईकल पछाडी सवार १८ वर्षीय आकाश गुप्ताको खुट्टा र छातीमा चोट लागेको छ । घाइते भएका गुप्ताको भिम अस्पताल भैरहवा उपचारमा भैरहेको छ ।
दुर्घटना भएपछि मोटरसाईकलको पेट्रोल ट्याङकी फुटी आगोलागी हुदा मोटरसाईकल पूर्णरुपमा जलेको र ट्रकको पछाडीको ४ वटा टायर जलेको जानकारी प्रहरीले दिएको छ ।
आगो दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा आएको हो । ट्रक चालक प्रहरीको नियन्त्रणमा आएको र ट्रक घटनास्थलमा रहेको जानकारी प्रहरीले दिएको छ ।












प्रतिक्रिया