६ कार्तिक २०८३, शुक्रबार

महरा प्रकरणमा सरकारी वकिलसँग रहेको बलियो प्रमाण

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ कात्तिक । प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयलाई निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणको प्रतिवेदन बुझाउँदा बलात्कार प्रयास भएको राय दिएको छ ।

उक्त रायको आधारमा नै जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा हाल्नेछ । तर यो प्रयासमा विविध कोणबाट र अभियोग लगाउने महिला रोशनी शाहीले पनि बयान फेरिरहेका बेला सरकारी वकिलसँग बलियो प्रमाण के हुन सक्छ भन्ने चासो पनि छ ।

उच्च स्रोतका अनुसार शाहीले प्रहरीमा दिएको किटानी जाहेरी, त्यसअघि सार्वजनिक भएको उनको अन्तरवार्ताको भिडियो प्रारम्भिक प्रमाणका रुपमा पेस गर्दैछ ।

यो भन्दा पनि बलियो प्रमाणका रुपमा महरा शाहीको डेरामा गएको सीसीटिभी फुटेज र शाहीको स्वास्थ्य परिक्षणको रिपोर्टलाई पनि आधार बनाएको उच्च स्रोतको दाबी छ ।

प्रहरीले महरालाई बलात्कार प्रयास गरेको भन्दै १० देखि ७ बर्षसम्म कैदको माग गर्नका लागि सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।