१ कार्तिक २०८३, आइतबार

लस एन्जलसको जंगलमा भिषण आगलागी, ५० हजार मानिसलाई हटाइयाे

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्युयाेर्क, ९ कात्तिक । अमेरिकाको क्यालिफोर्निया स्थित लस एन्जलसको जंगलमा आगलागी नियन्त्रणमा नआएपछि स्थानीय सरकारले ५० हजार मानिसलाई सुरक्षित ठाउँमा सारेको छ।

उत्तरी लस एन्जलसको स्थानीय सरकारले आगलागीबाट बचाउन ती मानिसहरुलाई अन्यत्र सारेको न्यु-योर्क टाईम्सले जनाएको छ।

शक्तिशाली हावाका कारण जङ्गलमा लागेको आगो बस्तीतर्फ सल्किदैँ गएपछि मानिसहरूलाई त्यहाँबाट अन्तै सारिएको हो।

बिहीबारदेखि शुरू भएको आगोलाई पाँचसय अग्नी नियन्त्रकहरुले नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्। साथै एयर ट्याङ्करहरुका माध्यमहरुबाट आगो निभाउने प्रयास गरिएको छ। आगलागीबाट सयौं घरहरू जलेका छन्। अहिलेसम्म कुनै मानवीय क्षति भने भएको छैन।

एक हप्तासम्म यस्तै रहे दक्षिणी क्यालिफोर्नियाको स्थिति अझ बिग्रिने अनुमान गरिएको छ।

अमेरिकाको राष्ट्रिय मौसम सेवाले बिहीबार नै खतराको संकेत दिदैँ रातो झण्डा देखाएको थियो। आगोका कारण त्यस क्षेत्रमा हावाको गुणस्तरमाअसर गर्ने भन्दै विद्यालयहरू समेत बन्द गरिएको छ।

यसअघि पनि क्यालिफोर्नियामा आगलागी हुँदा १०० जनाले ज्यान गुमाएका थिए।