
काठमाडौं, ८ कात्तिक । प्रतिनिधि सभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले रोशनी शाहीलाई बलात्कार प्रयास गरेको रिपोर्ट प्रहरीले सरकारी वकिलको कार्यालयलाई शुक्रबार बुझाएको छ ।
सोही आधारमा कानुनी कारबाही गर्नका लागि सुझावसहितको प्रतिवेदन प्रहरीले बुझाएको हो । उच्च स्रोतका अनुसार महराले बलात्कार नगरे पनि बलात्कारको प्रयास गरेको बयान, अनुसन्धानका विविध प्रमाणले प्रष्ट बनाएको छ ।
विहीबार मात्र महरालाई अनुसन्धानका लागि म्याद थप भएको थियो । प्रहरीले शुक्रबार बुझाएको रिपोर्टका आधारमा सरकारी वकिलको कार्यालयले तिहार विदा सकिनासाथ १४ कात्तिकमा अदालतमा मुद्दा दायर गर्न सक्छ ।















प्रतिक्रिया