काठमाडौं, १५ फागुन । संविधानसभामा प्रतिनिधित्व गरेका प्रमुख दलहरुले आयब्यय विवरण निर्वाचन आयोगमा बुझाएका छन् ।
सबैभन्दा ठूलो दल कांग्रेस घाटामा र एमाले र एमाओवादी भने बचतमा छन् । गत वर्ष एमालेले १६ करोड, एमाओवादीले ७ करोड र कांग्रेसले ३ करोड आम्दानी गरेको छ ।
कांग्रेस १८ लाख ६९ हजार घाटामा छ । एमाले ३ करोड ९० लाख नाफामा छ । एमाओवादी भने ३ करोड ११ लाख सहित नाफामा छ ।
कांग्रेसको ११ खातामा जम्मा २८ हजार छ । एमालेका १३ खातामा १० लाख ९४ हजार छ भने एमाओवादीको खातामा १ करोड ३४ लाख रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।















प्रतिक्रिया