
दाङ, ७ कात्तिक । कैलालीबाट पक्राउ गरेर ल्याइएका दाङ प्रहरीले मुद्धा चलाएका बिबेक श्रेष्ठलाई तिन दिनपछि मिलापत्र गरेर जिल्ला प्रशासन दाङले छोडेको छ । प्रहरी हातपातको मुद्धा भने दाङ प्रहरीले आँफै नै चलाएन ।
रजिष्टार आँफैले हातपातको मुद्धामा श्रेष्ठ आँफैले गल्ती गरेको महसुस गरेकाले प्रहरीमा निवेदन दिएर सहज वातावरण बनाएका थिए । कैलालीको भजनिबाट प्रहरीले लुकिछिपी बसेको अवस्थामा फरार भइरहेका श्रेष्ठलाई झन्डै २ महिनापछि पक्राउ गरेको थियो ।
सामान्य घटनामा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने प्रहरीले जिल्ला प्रसासन दाङले १० दिनको म्याद थप गरेकोमा पक्राउ परेको ३ दिनमा अनुसन्धान पुरा भएको भन्दै जिल्ला प्रशासन दाङमा दाङ प्रहरिले श्रेष्ठलाई पेश गरेको थियो ।
दाङका प्रमुख जिल्ला अधिकारी रजिष्टार हातपातमा पक्राउ परेका श्रेष्ठलाई ३ दिनपछि प्रशासनमा प्रहरिले पेश गरेको र उनलाई आउँदा दिनमा यस्ता गल्ती नदोर्याउने कागज गरेर मिलापत्र गरेर छाडिएको बताए ।
सिडिओ रिजालले श्रेष्ठलाई पक्राउ गरेर गल्ति गर्ने कसैलाई पनि नछाड्ने भनेर सन्देश दिएको पनि बताए । जिल्ला सरकारी वकिल कार्यालय स्रोत अनुसार जाहेरवाला नै निवेदन दिएर सहज बनाएको र प्रहरीले सत्तारुढ पार्टीको दबाबमा छाडेको र छिटो छिटो गरेर प्रहरीले मुद्धा टुङ्ग्याउन खोजेको जनाएको छ ।
यसअघि पनि दाङ प्रहरीले धर्मप्रचारमा क्रीस्चियनलाई पक्राउ गरेपनि ७ दिनमै अनुसन्धान गरेर अदालत पेस गरेको थियो । तर, प्रहरिले आफुलाइ मन लागेको मुद्धामा दबाबमा परेर यसरी म्याद थप अगावै प्रशासन र अदालतमा बुझाउँदा प्रहरीप्रति विश्वास घट्दै जाने नागरिकहरुले गुनासो गरेका छन् ।
दाङका एसपी जनक भट्टराईले ३ दिनमै मुद्धा टुङ्गो लगाएर जिल्ला प्रशासनमा मुद्धा पेश गर्न निर्देशन दिएका थिए । अघिल्ला एसपी बेल पाण्डेले श्रेष्ठ विरुद्ध राप्ती स्वास्थ्य प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेलमाथि हातपात र डिउटीमा रहेका प्रहरीमाथि हातपात गरेको मुद्धा दर्ता गरेका थिए ।
तर नयाँ आएका एसपी भट्टराईले प्रहरीमाथिको हातपातको मुद्धा दर्ता भएपनि मुद्धा चलाएन् । प्रहरीमाथि हातपात गर्दा पनि मुद्धा नयाँ एसपीले नचलाएपछि दाङको प्रहरीको मनोबल गिरेको छ ।












प्रतिक्रिया