१४ कार्तिक २०८३, शनिबार

कल्भर्टमा डुबेर एकको मृत्यु

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


इटहरी, ५ कात्तिक । इटहरी–२० तरहराको तरहरा प्रहरी चौकीनजिकै निर्माणाधीन छ लेन सडकको कल्भर्ट डुबेर आज एकजनाको मृत्यु भएको छ ।

हाँसपोसा सामुदायिक वन पछाडि बसोबास गर्दै आएका ९० वर्षीय झपडबहादुर बस्नेतको डुबेर मृत्यु भएको तरहरा प्रहरी चौकीले जानकारी दिएको छ ।

तरहराको क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको खेतमा घाँस काट्न जाँदा लडेर सडकको नालामा डुबेर उहाँको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सडकमा पानी जमेका कारण यसअघि पनि खनारमा एक बालकको शव फेला परेको थियो ।

यसैबीच इटहरी उपमहानगर–४ बाट बेच्न राखेको पटकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–४ बस्ने विवेक बराललाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले पक्राउ गरेको छ ।

उनको घरमा रहेको कास्या ट्रेडर्सबाट ३० बण्डल पटकासहित पक्राउ गरेको हो । सो पटका करीब एक लाख १० हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । –रासस