१४ कार्तिक २०८३, शनिबार

५० हजार बराबरकाे पटकासहित दुई पक्राउ

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


लहान, ५ कात्तिक । प्रहरीले करीब ५० हजार रुपैयाँ बराबरको पटाकासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशबारीको टोलीले पटकासहित भारतीय सिमावर्ती क्षेत्रबाट सिरहाको भगवानपुर गाउँपालिका निवासी २६ वर्षीय अनिलकुमार चौधरी र २० वर्षीय रोहित साहलाई पक्राउ गरेको हो ।

यस्तै प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित पुरानो बसपार्कबाट आज बिहान तीन बोरा अवैध सुर्ती बरामद गरेको छ । भारतबाट नम्बर प्लेट नभएको रातो रङ्गको ग्ल्यामर मोटरसाइकलमा लोड गरी ल्याउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले अवैध सुर्ती बरामद गरेको हो ।

प्रहरी टोलीलाई देखेपछि तस्करहरू सामान छाडेर फरार भएकाले पक्राउ गर्न नसकिएको प्रहरीको भनाइ छ । –रासस