२ कार्तिक २०८३, सोमबार

एसिड आक्रमण पीडित किशोरीलाई विप्लव माओवादीको डेढ लाख सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Netra-Bikram-Chandकाठमाडौं, १४ फागुन । यही फागुन १० गते एसिड आक्रमणमा परी घाइते भएका दुई किशोरीलाई एक लाख १० हजार नगद सहयोग गरिएको छ ।

विहीवार यहाँ एक कार्यक्रमको आयोजना गरी नेकपा माओवादी निकट अखिल क्रान्तिकारी सङ्गठनका अध्यक्ष सरद रसाइलीले सङ्कलित रकममध्ये रु ६० हजार सङ्गीता मगर र रु ५० हजार सीमा बस्नेतलाई प्रदान गर्नुभएको हो ।

उहाँले घटना भएको चार दिन बितिसक्दा पनि घटनाका दोषी पक्राउ पर्न नसक्नु राज्यको गम्भिर उदासिनता भएको आरोप लगाउँदै भविष्यमा यस्ता घटना हुन नदिन राज्यले तत्काल उनीहरूलाई पक्राउ गरी जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति गर्नुपर्ने माग गर्नुभयो ।

वसन्तपुरको झाँछेस्थित ‘ए माइनस प्लस ट्युसन सेन्टर’ मा पढ्न गएका बेला उनीहरूमाथि एसिड प्रहार भएको थियो ।