
काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सोमबार बालुवाटारमा कुराकानी भएको छ ।
प्रधानमन्त्री निवासमा भएको भेटमा सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता छानबिन आयोगको नेतृत्व तय गरी द्वन्द्वकालिन समस्या समाधानका विषयमा कुराकानी भएको बताइएको छ ।
कतिपय विधेयक र हाल भइरहेका राजनीतिक विषयमा कुराकानी भएको सुवास नेम्वाङले बताए । यसलाई सत्ता र प्रतिपक्षको बेलामौकाको छलफल र परामर्शका रुपमा लिनुपर्ने उनले बताए ।















प्रतिक्रिया