१४ कार्तिक २०८३, शनिबार

सरकारले बजेट दिएपछि राप्ती प्रतिष्ठानले दिन थाल्यो सुत्केरी भत्ता

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, ३ कात्तिक । सरकारले बजेट दिएसँगै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सुत्केरी भत्ता वितरण गर्न सुरु गरेको छ । प्रतिष्ठानले कात्तिक १ गतेदेखि भत्ता वितरण गर्न सुरु गरेको हो ।

सरकारले केही समय अघि बजेट निकासा नगर्दा सुत्केरी मत्ता रोकिएको थियो । पछिल्लो पटक सरकारले बजेट निकासा गरेपछि भत्ता वितरण गर्न शुरु गरिएको प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले बताए ।

पहिलो दिन प्रतिष्ठानबाट सेवा लिएकी लमहीबाट निवासी प्रेक्षा न्यौपानेलाइ भत्ता वितरण गरिएको हो । प्रतिष्ठानका रजिष्टार रामप्रसाद प्याकुरेल, अस्पताल निर्देशक हाडजोर्नी विशेषज्ञ डा. सागर पन्थीले संयुक्त रुपमा सुत्केरी भत्ता वितरण गरेका हुन् ।

आमा र बच्चाको स्वास्थ्य सुधारकालागि सुत्केरी भत्ता दिन दिने गरिएको प्याकुरेलको भनाई छ ।

स्वास्थ्य मन्त्रालयबाट दुई करोड बजेट निकासा भएपछि एक हजार आठसय रुपैँया सुत्केरी भत्ता वितरण गर्ने गरिएको छ ।