४ कार्तिक २०८३, बुधबार

‘वान्टेड’को सिक्वल बनाउने तयारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बइ । सलमानको ढल्कदो करियरलाई नयाँ उचाइमा चढाउन महत्वपूर्ण योगदान दिएको ‘वान्टेड’ सिनेमाको सिक्वल बनाउने तयारी भइरहेको छ।

सिनेमालाई प्रभुदेवाले निर्देशन गर्नेछन्। यस्तोमा सिनेमालाई लिएर नयाँ खबर बाहिरिएको छ। खबरका अनुसार ‘वान्डेट’लाई निर्माण गरेका बोनी कपुर यस सिनेमाको निर्माता नहुने बताइएको छ।

सलमानले आफ्नो व्यक्तिगत कारणले गर्दा बोनीलाई सिनेमाको निर्माता बन्न नदिन लागेका हुन्।

बोनीका छोरा अर्जुन कपुर र सलमानकी बुहारी मलाइका अरोराको प्रेमका कारण सलमानले बोनीसँग काम गर्न नचाहेका हुन्।

बोनीसँग काम गर्न नचाहेके कारण सिनेमाको फ्रानचाइजी सलमान आफैले किनेका छन्।