१४ कार्तिक २०८३, शनिबार

भोजपुरमा महिलाको हत्या

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भोजपुर, ३ कात्तिक । भाेजपुर जिल्लाकाे षडानन्द नगरपालिकामा एक महिलाको विभत्स हत्या भएको छ ।

षडानन्द नगरपालिका–१ नेपालेडाँडामा भएको भलिबल प्रतियोगिता हेरेर घर फर्किँदै गर्दा वडा नम्बर ३ की २८ वर्षीया कल्पना राईको विभत्स हत्या भएको हो ।

हतियार प्रहारबाट कल्पनासँगै रहेकी १८ वर्षीया किशोरी नवीना राई गम्भीर घाइते हुनुभएको छ ।

उनीहरूमाथि शनिबार साँझ षडानन्द नगरपालिकाको वडा नम्बर २ र ३ को सीमानामा पर्ने ओपंखा भन्ने ठाँउमा धारिलो हतियार प्रहार भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ ।

हतियार प्रहारबाट कल्पनाको घटनास्थलमा नै ज्यान गएको थियो । गम्भीर घाइते नवीनाको चिउँडोमा चोट लागेको जनाइएको छ ।

घटनामा संलग्न भएको अभियोगमा प्रहरीले षडानन्द नगरपालिका–३ का २१ वर्षीय प्रदीप बस्नेतलाई प्रक्राउ गरेको छ ।

बस्नेतमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले जानकारी दिए ।