१४ कार्तिक २०८३, शनिबार

दुई सय ३७ सवारी साधन कारवाहीमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौँडा, २ कात्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले दशैँ अवधिभर क्षमताभन्दा बढी यात्रु बोक्नेलगायत विभिन्न प्रकारका लापरवाही गर्ने २३७ सवारी साधनलाई कारवाही गरेको छ ।

दशैँको समयमा क्षमताभन्दा बढी यात्रु बोक्ने, कागपत्र नहुने, मादक पदार्थ सेवनगरी सवारी चलाउने र यात्रुलाई विभिन्न किसिमले दुःख दिनेलगायतका कारणले सवारीसाधनका चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

ट्राफिक प्रहरीले कारवाहीमार्फत रु दुई लाख ३७ हजार राजश्वसमेत सङ्कलन गरेको छ ।

प्रहरीले कारवाही गरेका सवारी साधनमध्ये नौ सवारी चालकलाई मादक पदार्थ सेवन गरी सवारी चलाएको पाइएकामा कारवाही गरिएको हो । दशैँको समयमा हेटौँडामा फरक–फरक स्थानमा भएका दुई दुर्घटनामा दुईको मृत्यु भएको बताइएको छ ।

भैरवडाँडामा ट्र्याक्टर दुर्घटना र जिल्ला प्रहरी कार्यालय अगाडि भएको मोटरसाइकल दुर्घटनामा एक/एक गरी जम्मा दुईको मृत्यु भएको प्रहरीले जनाएको छ । –रासस