६ कार्तिक २०८३, शुक्रबार

‘अमेरिकाज गट ट्यालेन्ट’ले दिनेश सुनारलाई बोलायो

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । पार्कर खेलमा गिजिन बुकमा पटक–पटक नाम लेखाएका दिनेश सुनारलाई ‘फ्रेन्चाइज शो अमेरिका गट ट्यालेन्ट’ले बोलाएको छ ।

अगामी २३ नोभेम्बरमा अमेरिकाको न्युयोर्कमा उनले पार्कर कलासम्बन्धी अडिशन दिनेछन् । नेपाल र नेपालीको परिचय विश्वमाझ स्थापित गराउनका लागि फ्रेन्चाइज शोमा भाग लिने निर्णय सफल भएको सुनारले सुनाए ।

अमेरिका गट ट्यालेन्टले उनको अडिशनका लागि टिकट समेत पठाइसकेको छ । ‘गोर्खाली एक्ट’ शीर्षकमा उनको प्रदर्शनी हुनेछ । उनको अडिशन ज्याकोव के जेभिट्स कन्भेन्सन् सेन्टर ६५५ डब्लु ३४ औं स्टेशनमा हुने आयोजकले जनाएको छ ।

‘लामो समयसम्म मैले गरेको मिहेनत र प्रयास सफल भएको छ । उक्त शोबाट नै एउटा विश्व रेकर्ड राख्ने मनसाय बनाएको छु’, सुनार भन्छन्,‘अमेरिका गट ट्यालेन्ट विश्वभरी नै चर्चित रहेका कारणले सो ठाउँमा जानका लागि आवेदन दिएको थिएँ ।’

गिजिन बुक अफ वल्र्ड रेकर्डमा ह्याट्रिक गरिरहेका सुनार खोटाङबाट काठमाडौं आएका हुन् । उनलाई तत्कालिन सशस्त्र प्रहरी बलका महानिरिक्षक सनत बस्नेतले जवान पदमा भर्ना गरेका थिए । खेलकुदमा अब्बल रहेका सुनारले सशस्त्र प्रहरीबाट भने राजीनामा दिइसकेका छन् ।