मोरङ, १४ फागुन । नेपाल विद्युत् प्रधिकरण रङ्गेली वितरण केन्द्रले गएराति बिजुली चोरी गर्ने चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ रङ्गेली नगरपालिका-९ आँपगाछी बस्ने शम्भु मण्डल, ज्ञानचन्द्र मण्डल, सत्यनारायण मण्डल र सत्यनारायण पण्डित रहेको रङ्गेली सबस्टेसनका प्रमुख नवीन लाभले बताउनुभयो ।
मध्यरातमा प्राधिकरणले गरेको छड्के जाँचमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुले बिजुली चोरी चलाएको टेलिभिजनलगायत सिँचाइ मोटरसमेत प्राधिकरणले नियन्त्रणमा लिएको छ ।
केही समययता नेपाल विद्युत् प्राधिकरण रङ्गेली वितरण केन्द्रले दक्षिणपूर्वी मोरङमा बिजुली चोरी नियन्त्रण अभियानलाई तीव्र पार्दै आएको छ ।















प्रतिक्रिया