४ कार्तिक २०८३, बुधबार

गायक सेञ्चुरीकाे ‘कपलु कोरेर’ रिलिज

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लोक तथा दोहोरी गीतका उत्कृष्ट सर्जक एवम् गायक खेम सेञ्चुरीले ‘कपलु कोरेर…’ बोलको गीत ल्याएका छन् ।

सेञ्चुरीले वरिष्ठ गायक एवम् सर्जक स्व.तीर्थबहादुर गन्धर्वप्रति श्रद्धाञ्जलि स्वरुप यो गीत ल्याएको जनाएका छन् । गीतमा गायक सेञ्चुरी र गायिका सम्झना भण्डारीको स्वर रहेको छ ।

गीतका एरेञ्जर विनोद बाजुराली हुन् । लय र शब्द भने गायक सेञ्चुरी आफैले दिएका छन् ।

दर्जनौँ उत्कृष्ट गीत दिएका सेञ्चुरी युवा पुस्ताका चर्चित गायक एवम् सर्जक हुन् । ‘गीत राम्रो बनेको छ । यो गीतको थेगो स्वर्गी तीर्थबहादुर गन्धर्वज्यूको हो’, सेञ्चुरीले भने, ‘उहाँप्रति श्रद्धाञ्जलि दिन पनि यो गीत ल्याएको छु ।’

म्युजिक भिडियोमा विनोद भण्डारी र जुना गुरुङको अभिनय रहेको छ । पृथ्वी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट रिलिज गरिएको ‘कपलु कोरेर…’ले राम्रो भ्यु पाएको छ ।

यो गीत ट्रेडिङमासमेत स्थान बनाएको छ । म्युजिक भिडियोको निर्देशन विनोद भण्डारीले गरेका हुन् ।