६ कार्तिक २०८३, शुक्रबार

मुख्यमन्त्री राउतको दादागिरिविरुद्ध मेयरको विद्रोह

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, ३० असोज । बारा जिल्लाको महागढीमाई नगरपालिका बरियारपुरका नगर प्रमुख उपेन्द्रप्रसाद यादवले विश्व प्रसिद्ध पञ्चवर्षीय गढीमाई मेलालाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले भाँडभैलो गर्न खोजेको आरोप लगाएका छन् ।

बरियारपुरस्थित पञ्चवर्षीय गढीमाई मेलाको सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले मुख्यमन्त्रीले मेलालाई व्यवस्थित बनाउनुको साटो एनजिओको ईसारामा भाँडभैलो गर्न खोजेको आरोप लगाएका हुन् ।

उनले नगरपालिकालाई धाक लगाउँदै गरेको च्यालेन्जले मेला व्यवस्थापनमा कमी भए त्यसको सम्पूर्ण जवाफदेही मुख्यमन्त्री हुने बताए ।

मुख्यमन्त्री कुनै देश विदेशको शक्तिमा परिचालित भएको आरोप लगाउँदै उनले मेलालाई समाप्त पार्न खोजे कहिल्यै पनि स्वीकार्य नहुने चेतावनी दिए ।

एनजिओको साधारणसभामा आएर विधानको व्याख्या गर्ने तर एक पटक पनि संविधानको बारेमा आवाज नउठाउनुले संविधानलाई मुख्यमन्त्रीले स्वीकार नगरेको टिप्पणी नगरप्रमुखले गरे ।

पत्रकार सम्मेलनमा नगर प्रमुख यादवले मेला लगाउने, कर उठाउने, बाटोघाटोको निर्माण गर्ने जस्तो अधिकार कहाँबाट ल्याएर दिन खोजेको भन्ने प्रश्न गर्दै त्यस्तो कुरा कानुनको कुन धारामा उल्लेख गरिएको छ, त्यो प्रष्ट पार्न माग गरेका छन् ।

स्थानीय सरकारलाई काम गर्न नदिने, सिडिओ र एसपीले निर्देशन नमाने कारवाही गर्ने अभिव्यक्ति कतिसम्मको जायज हो नगर प्रमुख यादवको टिप्पणी थियो ।

स्थानीय सरकारको अस्तित्व स्वीकार गरी सहकार्य गर्नुको सट्टा मुख्यमन्त्रीले एउटा एनजीओलाई बोकेर हिंडेकोमा नगर प्रमुख यादवले आपति जनाए ।

मेयर यादवले स्थानीय तह संचालन ऐन २०७४ अनुसार नगरपालिकाले गढीमाई मेला संचालन गर्न लागिएको स्पष्ट पारे। केही दिनदेखि विभिन्न माध्यमबाट गढीमाई पञ्चवर्षीय मेलामा विवाद भएको हल्ला फिजाइएको उल्लेख गर्दै उनले त्यस किसिमको कुनै विवाद नभएको समेत स्पष्ट पारे ।

नगर प्रमुख यादवले सम्पूर्ण धर्मवालम्बीहरूले मेलालाई सभ्य भब्य बनाउन आग्रह गरेका छन् ।