
काठमाडौँ, २९ असोज । वुधबार साँझ अवेर गरि सुरु भएको गैरआवासीय नेपाली संघको निर्वाचन स्थागित भएको छ ।
इलोक्टोनिक मतदान सुरु भएको केहि समयमै प्राविधिक समस्या आएपछि भोलि विहान १० बजे सम्मको लागि स्थगित गरिएको निर्वाचन आयुक्त शिव रिजालले जनाएका छन् ।
मतदान प्रक्रिया ३ घण्टापछि ८ बजेबाट सुरु भएको थियाे ।
मतदानमा विभिन्न देशबाट २५ सय प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिइन् । एनआरएनएको ४२ पदका लागि मतदान हुने छ । मतदान भाेलि १० बजेपछि हुनेगरी स्थगित भएकाे हाे ।











प्रतिक्रिया