
जनकपुरधाम, २९ असोज । किर्ते गरेर ठगी गरेको आरोपमा फरार नेकपा नेता दिपेन्द्रकुमारा यादव (दिपु) पक्राउ परेका छन् ।
जनकपुरधामस्थित सहयोगी विकास बैंक लिमिटेड संचालक समितिका सदस्य रहेका यादव जनकपुरधाम ८ बलवा टोलस्थित उनकै निवासबाट पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
यादवमाथि जनकपुरधाम १० कालालबाबु रौनियारको धितो राखिएको जग्गाको रकमचुक्ता फिर्ता नगरेको अभियोग छ ।
८ वर्षअघि रौनियारले महोत्तरीको बर्दिवास स्थित ५ कट्ठा जग्गा व्यक्तिगत रुपमा यादव कहाँ धितो राखि ५० लाख रुपैयाँ ऋण लिएका थिए । ऋणवापत यादवलाई ७३ लाख रुपैयाँ चुक्ता गरे पनि जग्गा फिर्ता नपाएपछि जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेका थिए ।
पीडित रौनियारको बर्दिवास स्थित रहेको ५ कठ्ठाजग्गा २ करोड ७० लाख रुपैयाँमा यादवले बेचेको दाबी गरिएको छ । जिल्ला अदालत धनुषाले गत श्रावण १३ गते नै यादवलाई पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी फरार थिए । यादव धनुषाको क्षेत्र नम्बर ३ (क) बाट प्रदेशसभामा नेकपाबाट चुनाव लडेका थिए ।
पक्राउ परेका यादवलाई जिल्ला अदालत धनुषाबाट तीन दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया