११ मंसिर २०८३, शुक्रबार

महराको डीएनए परीक्षण गरिने, थप ३ दिन हिरासतमा राख्न अनुमति

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २८ असोज । महराको डीएनए परीक्षण गरिने भएको छ । घटनास्थलमा भेटिएका सामग्रीबारे अनुसन्धानका लागि महराको डीएनए परीक्षण गरिन लागेको प्रहरीले जनाएको छ । नर्भिक अस्पतालको क्याविनमा उपचारत महराको डीएनए परीक्षण गरिनेछ ।

महराले १२ असोज राति बलात्कार प्रयास गरेको संसद सचिवालयकै एक कर्मचारी रोशनी साहीले आरोप लगाएकी थिइन् । गम्भीर आरोप लागेपछि महराले १४ असोजमा सभामुख पदबाट राजीनामा दिएका थिए ।

महरालाई आजै काठमाडाैँ जिल्ला अदालत लगिएकाे थियाे । अदालतमा बयान जारी रहेकाे बताइएकाे छ । त्यस्तै अदालतले महरालाई थप ३ दिन अनुसन्धानका लागि थुनामा राख्न अनुमति दिएकाे छ ।

पीडित महिलाको जाहेरी दिएपछि प्रहरीले महरालाई हिरातमा राखेर अनुसन्धान गरिरहेको छ ।