
डडेल्धुरा, २८ असोज । डडेल्धुरा अस्पतालमा डाक्टरहरुको अभाव भएपछि प्रसुती सेवा बन्द भएको छ ।
अस्पतालमा २० जना विशेषज्ञ चिकित्सक १९ जना मेडिकल अधिकृतको दरबन्दी रहेको भए पनि १ जना मेडिकल अधिकृतको भरमा अस्पताल संचालन भईरहेको थियो ।
निमित्त मेडिकल सुपरिटेन्डन डा. जितेन्द्र कडेलले नियमितरुपमा प्रसुति सेवाका साथै अन्य सेवा प्रवाह हँुदै आएको थियो । निमित्त मेडिकल सुपरिटेन्ड डा. कडेल सुत्केरी स्याहार विदामा बसेपछि अस्पतालमा प्रसुति सेवा बन्द भएको छ ।
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका अधिकांश महिलाहरु प्रसुति गराउनका लागी डडेल्धुरा अस्पताल आउने गरेको र डाक्टर अभावका कारणले महँगो खर्च गरि तराईका कैलाली र कञ्चनपुर जान बाध्य रहेको छन् ।
नेपाल सरकारले यस अस्पतालका लागी १ सय ८ जनाको दरबन्दी स्वीकृत गरेको भए पनि ३७ जनाको पदपुर्ती भएको र ७१ जनाको पद रिक्त रहेको भए पनि समायोजन प्रश्चात सरकारले दरबन्दी अनुसार डाक्टर पठाउन नसक्दा अस्पताल अहेवको भरमा संचालन भईरहेको छ ।
नेपाल सरकारले संघ अन्र्तगत रहने गरि २०७५ फागुनमा देशभरीका ५ वटा अस्पतालभित्र डडेल्धुरा अस्पताललाई पनि राखेको थियो ।
सरकारले अत्याधुनिक विशिष्ट अस्पतालका रुपमा घोषणा गरे पनि अस्पतालमा चिकित्सकको अभाव र प्रभावकारी सेवा प्रवाह नहुदाँ सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाका विरामीहरुलाई झन समस्या भएको छ ।
उपक्षेत्री अस्पताल हुदै विशिष्ट अस्पताल सम्मपुग्नु भन्दा पहिले नै अस्पतालले राम्रो सुविधा दिईरहको र त्यो सुविधा पनि हाल आएर बन्दहुदा झन समस्या थपिएको एक जना विरामीले बताए ।
डडेल्धुरा अस्पतालमा डाक्टरहरुको अभावसंगै गुणस्तरीय सेवा प्रवाह नहुदा यस क्षेत्रका विरामीहरु छिमेकी देश भारत तथा राजधानी जानु पर्ने बाध्यता रहेको छ ।












प्रतिक्रिया