
काठमाडौँ, २८ असोज । जनकपुर विमानस्थलको बुद्ध एयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनिधिसभा सांसद प्रमोद साह पक्राउ परेका छन् ।
उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाका विशेष टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार पक्राउ गरेको हो ।
राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद साहले काठमाडौं जहाज उडाउन ढिला गरेको भन्दै सोमबार जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउन्टर तथा भीआईपी क्षेत्रमा समेत तोडफोड गरेका थिए ।
उनलाई जहाजले काठमाडौँ ल्याउन नमानेको भएपनि स्थानीय प्रशासनको दवावमा उनी सोही जहाज चढेर काठमाडौँ आएका थिए ।















प्रतिक्रिया