२ कार्तिक २०८३, सोमबार

उच्च हिमाली क्षेत्रमा भारी हिमपात, जनजिवन प्रभावित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

himpatदार्चुला, १४ फागुन । एक्कासि आएको मौसम परिवर्तनका कारण भएको वर्षापछि माथिल्लो दार्चुलाका एक दर्जन गाविसमा हिमपातसँगै अत्यधिक चिसो बढ्न थालेको छ ।

यहाँका एरकोटे, घुसा, खण्डेश्वरी, राप्ला, सुन्सेरा, सिप्टी, व्यास माथिल्ला भेग तथा कैलाशमान सरोवर पर्यटकीय तथा चीनको ताक्लाकोट क्षेत्र आसपासका गाविसमा यस वर्ष यससमेत छैटौं पटक हिमपात भएको हो ।

मगङ्लबार रातिदेखि भारी हिमपातपछि बढेको चिसोले त्यस क्षेत्रको जनजीवन कष्टकर बनेको छ । उत्तरी तथा उच्च पहाडी गाविसका विभिन्न बस्तीमा हिमपात भएसँग जाडोले बासिन्दालाई सास्ती भएको छ ।

जाडोको समयमा बेँसी झरेका स्थानीयवासी केही दिनअघि केही गाउँ फर्केका थिए थिए । बस्नै नसकिने हुँदा केही स्थानीय बासिन्दा यसअघि नै हिमपात सुरु हुनु पहिले नै बेँसीतिर झरिसकेका छन् ।” पुसदेखि फागुनको अन्तिम सातासम्म यहाँका बस्तीमा बाक्लो हिमपात हुन्छ ।

उच्च पहाडी क्षेत्रका बासिन्दाले गर्मी समयमा अन्न र आलुखेती गर्छन् । जाडोमा उब्जनी नहुने भएकाले खेतबारी बाँझै छाड्छन् । समुद्री सतहदेखि तीन हजार ८५० देखि पाँच हजार ४०० मि उचाइको जिल्लामा पर्ने अपी हिमालमा तीन फिटसम्म हिउँ पर्छ ।