काठमाडौं, २८ असाेज । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले स्वदेशमा भए पनि विदेशमा भए पनि मुस्लिमहरूले गलत कुरालाई कहिल्यै पनि पश्रय दिन नहुने बताएका छन् ।
एनआरएनए अष्ट्रेलियाका युवा संयोजक इरसाद अहमदले आयोगका अध्यक्ष अन्सारीको सम्मानमा काठमाडौंमा सोमबार राखेको कार्यक्रममा उनले एनआरएनएमा राम्रो नेतृत्वलाई चयन गर्नुपर्ने बताए ।
‘एनआरएनएमा राम्रो र सक्षम व्यक्ति चुनिएर आउनुपर्छ’, अन्सारीले भने, ‘गलत नेतृत्व आयो भने त्यसले नकारात्मक सन्देश जान्छ ।’
एनआरएनएको तर्फबाट पहिलो पटक अन्सारीलाई सम्मान गरिएको हो ।
कार्यक्रममा पूर्वमन्त्री जाकिर हुसेन, एनआरएनए कतारका अध्यक्ष युक्तदा मुसलमान लगायत एनआरएनएका झण्डै दुई सय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।












प्रतिक्रिया