२ कार्तिक २०८३, सोमबार

वैदेशिक रोजगार व्यवसायीलाई साधारणसभा स्थगित गर्न प्रशासनको निर्देशन

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gayapan-patraकाठमाडौं, १४ फागुन । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई साधारणसभा स्थगित गर्न पत्र पठाएको छ ।

प्रशासन कार्यालयले आगामी फागुन १५ गते शुक्रबार हुन लागेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको साधारणसभा रोक्न पत्र पठाएको हो । २१ सदस्यीय संघमा कोषाध्यक्षसहित ११ जनाले राजिनामा दिएपछि उजुरीका आधारमा प्रशासनले साधारणसभा स्थगित गर्न निर्देशन दिएको हो ।

द्धितिय उपाध्यक्ष कुदुम खनालको संयोजकत्वमा बसेको बैठकले वर्तमान अध्यक्ष हंशराज वाग्लेको कार्यसमितिले गराउन लागेको साधारणसभा अनुपयुक्त भएको ठहर गरेपछि उजुरीको आधारमा संघलाई प्रशासनले साधारण सभा नगर्न भनेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी तमू धी, प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च र नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम वर्तमान कार्यसमिति यथाशिघ्र भंग गरी तत्काल निर्वाचनको माग गरेका छन् । कार्यसमितिका बहुसंख्यक पदाधिकारीले निर्वाचन सहितको साधारणसभाको माग गरेपछि प्रशासन तत्काललाई साधारण सभा रोक्न रोजगार व्यवसायी संघलाई अनुरोध गरेको छ ।

‘कार्यसमितिका बहुसंख्यक पदाधिकारीले सामुहिक राजिनामा दिएकाले यो समयमा साधारणसभा गर्नु उपयुक्त नदेखिएको हुँदा हाललाई उक्त साधारणसभा सम्बन्धि सम्पूर्ण काम कारवाही स्थगित गरी संस्थाको स्विकृत विधान अनुसार आबद्ध संगठनहरुको समेत सहमतिमा कार्यसमितिको निर्वाचन सहितको साधारणसभाको व्यवस्था मिलाइ यस कार्यालयमा जानकारी गराउन अनुरोध छ,’ प्रशासन कार्यालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।