
दाङ, २७ असोज । दाङको तत्कालीन वेष्टर्न बैँक हालको देव विकास बैँकको झन्डै १८ करोड हिनामिना प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो, राष्ट्र बैँक र जिप्रका दाङद्वारा अनुसन्धान भइरहेको छ ।
प्रहरीले यी व्यक्तिहरुमा विस्तृत अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानको क्रममा बैँकका सिइओ र सन्चालक समितिको बैँक खाता रोक्का गरि दाङ प्रहरीले अनुसन्धान जारी राखेको छ ।
बैँकका कार्यकारी अधिकृत खिम बहादुर डिसी फरार रहेका छन् । उनीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेर खोजीरहेको जनाइएको छ ।











प्रतिक्रिया