११ मंसिर २०८३, शुक्रबार

यौनहिंसाको अभियोग लागेका पूर्वसभामुख महरालाई अनुसन्धान गर्न म्याद थपिने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले यौनहिंसाको अभियोग लगाएपछि पक्राउ गरी थुनामा राखिएका पूर्वसभामुख कृष्णबहादुर महरालाई थप अनुसन्धानका लागि आज म्याद थप्ने तयारी गरिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंले महरामाथि लागेको अभियोगका बारेमा अनुसन्धान नसकिएपछि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदै म्याद थपको तयारी गरेको हो ।

थुनामा रहँदा स्वास्थ्य अवस्था कमजोर रहेको भनी नर्भिक अस्पतालमा भर्ना भएका महरामाथि पुरानो चिनजान रहेकी शाहीले उजुरी दिएकी थिइन् ।

उजुरी दिनुपूर्व विविध मिडियामा महराविरुद्ध अभियोग लगाउने र त्यसको खण्डन समेत गर्दै आएको थियो । तर महराले राजीनामा गरेपछि प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान थालेको थियो । फौजदारी अभियोग लागेका कारणले महराविरुद्ध उजुरी नपरे पनि प्रहरीले पक्राउ गर्ने थियो ।