४ कार्तिक २०८३, बुधबार

कमाइमा ‘वार’ले कीर्तिमान बनायाे

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । ऋतिक रोशन तथा टाइगर श्राफ अभिनित ‘वार’को कीर्तिमानी कमाइ वक्सअफिसमा जारी छ । फिल्मले रिलिजको सातौ दिनमा दुई सय करोड भारूको आँकडा पार गरेको छ।

वक्सअफिस इण्डियाका अनुसार ८ अक्टुबरमा रिलिज भएको सिनेमाले मंगलबार २७ करोड भारूको कमाइ गर्‍यो। मंगलबारको यो कमाइसँगै सिनेमाको कमाई २०७ करोड भारू पुगेको छ।

यो कमाइसँगै सिनेमाले यस वर्ष कम दिनमा २०० करोड कमाउने सिनेमाको कीर्तिमान बनाएको हो ।

सिनेमाले यसक्रममा सन्जु, सुल्तान, दंगल, पिके तथा बजरंगी भाइजान जस्ता सिनेमालाई पछाडि पारेको छ ।

‘वार’ले रिलिजको दिन ५१.६० करोड भारू कमाइ गरेको थियो भने दोश्रो दिन २३.१० तथा तेश्रो दिन २१.३० करोड कमाइ गरेको थियो । वक्सअफिसमा यही रफ्तार रहिरहेमा सिनेमाले छिट्टै ३०० करोड भारूको आँकडा पार गर्ने अनुमान गरिएको छ ।