११ मंसिर २०८३, शुक्रबार

तीन लाख भारतीय रुपियाँसहित एक युवक पक्राउ

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जलेश्वर, २६ असाेज । महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले तीन लाख भारतीय रुपैयाँसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राऊ पर्नेमा महोत्तरीको मटिहानी नगरपालिका–८ बस्ने २२ वर्षीय राजकुमार साह रहेका प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल ९ नं हेडक्वार्टर जलसागर महोत्तरीका सशस्त्र प्रहरी उपरीक्षक नीरकृष्ण अधिकारीले बताए ।

शनिबार साँझ ज ७ प ३३९५ नम्बरको मोटरसाइकलमा मटिहानीबाट जलेश्वर जाँदै गरेको अवस्थामा मटिहानी नपा–९ स्थित जलसागर पोखरी नजिकैबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक निरकृष्ण अधिकारीले जानकारी दिए ।

साहले अवैधरूपमा नेपाली–भारु सटहीको कारोवार गर्दै आएको आशंका प्रहरीले गरेको छ ।

उनलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजश्व कार्यालय पथलैया पठाउने तयारी भइरहेको सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए ।