काठमाडौं, २६ असाेज । चिनियाँ राष्ट्रपतिकाे स्वागतका लागि सरकारले आज सार्वजनिक बिदा दिएकाे छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई लक्षित गरेर सरकारले आइतबार सार्वजनिक बिदा दिएको हाे ।
चिनियाँ राष्ट्रपति सी को भ्रमणलाई लक्षित गरेर आइतबार नेपालभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघ–संस्था र निकायहरु, शिक्षण संस्थाहरू एवम् विदेशस्थित नेपाली कूटनीतिक नियोगमा समेत सार्वजनिक बिदा हुने गृह मन्त्रालयले जनाएको छ ।
चिनियाँ राष्ट्रपति सी शनिबार आएका हुन् । उनी आइतबार दिउँसो स्वदेश फर्किने छन् ।











प्रतिक्रिया