११ मंसिर २०८३, शुक्रबार

चिनियाँ राष्ट्रपति सीलाई नेपाली सेनाद्वारा सम्मान गारत अर्पण

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २५ असोज । नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले सम्मान गारत अपर्ण गरेको छ । राष्ट्रपति सीको सम्मानमा सेनाले २१ तोपको सलामी दिएको हो ।

सलामी समारोहमा समकक्षी पनि सहभागी हुने प्रचलन छ ।

यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सीलाई स्वागत गरेकी थिइन् । भण्डारीले सी आएको विमानमै पुगेर उनको स्वागत गरेकी थिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओली लगायतका अन्य विशिष्ट पदाधिकारी पनि सम्मान गारत समारोहका लागि विमानस्थल पुगेका छन् ।

पूर्वपाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्बासीको २०७४ मा भएको नेपाल भ्रमणको क्रममा टुँडिखेलमा सलामी दिइएको थियो।